नेपालको अर्को पराजय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले आइटिएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । ब्वाइज/गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन् । पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासँग ३-० तथा गल्र्समा माल्दिभ्ससँग २-१ ले पछि परेको थियो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३-० ले पराजित गर्‍यो । सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६-१ र ६-० तथा तल्हाले वृजेश अर्याललाई पनि ६-१ र ६-० को सोझो सेटमा हराउनुभयो ।

डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६-० र ६-० को सिधा सेटमा पन्छाउनुभयो । भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३-० ले पाखा लगायो ।

गल्र्समा श्रीलंकाले नेपालमाथि ३-० को जित दर्ता गर्‍यो । अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६-० र ६-३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४-६, ६-१ र ६-१ को सेटमा सिंगल्समा निराश पार्नुभयो । डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६-२ र ६-० ले पाखा लगाउनुभयो । अन्य खेलमा बंगलादेशले भुटानलाई २-१ तथा भारतले माल्दिभ्सलाई ३-० ले पराजित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?