ढोलाहिटीलाई फुटबल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ढोलाहिटीले प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चाबहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २-१ गोलले पराजित गर्‍यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १-१ गोल गर्नुभयो । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काउनुभयो । उपाधिसँगै ढोलाहिटीले एक लाख नगद पुरस्कार पायो भने फ्रिडमले ५० हजार नगदमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ को सहयोगमा चाबहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिनुभयो । दुवै ढोलाहिटीका हुन् । प्रतियोगिताभर नौ गोल गर्नुभएका फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बन्नुभयो ।

विजेतालाई पूर्वमन्त्री गगनकुमार थापा, वडा ७ का अध्यक्ष विमलकुमार हाडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । जेठ २६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १५ टिम सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?