काठमाडौं । एचएचसिए र भ्याली पब्लिक पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गर्नुभएको छ । एचएचसिएले ग्रिनल्यान्डलाई २६-२२ ले पराजित गर्यो । एचएचसिएका सन्तोष शाहीले १५ अंक जोड्नुभयो । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४५-२८ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गर्नुभयो ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) र एन्जल्स हार्टले उपाधि भिडन्त पक्का गरे । इबिएले ग्रिनल्यान्डमाथि २२-१० को जित दर्ता ग¥यो । इबिएका एलेक्स राईले १० अंक जोड्नुभयो । एन्जल्स हार्टले स्काइलार्कलाई १५-८ ले पाखा लगायो । एन्जल्स हार्टका प्रतीक कँडेलले आठ अंक बटुल्नुभयो ।
सिनियर गल्र्समा पनि भ्याली पब्लिक उपाधिनजिक पुगेको छ । भ्याली पब्लिकले एचएचसिएलाई ३१-८ ले सहजै पन्छ्याउदै ग्रिनल्यान्डसँग फाइनल भेट पक्का ग¥यो । ग्रिनल्यान्डकी लोरिशा गौचनले १४ स्कोर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच