अष्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि

Read Time = 2 mins

क्यानबेरा । अष्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुको मूल्यवृद्धि भएकाले कामदारको सेवासुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो ।

स्वतन्त्र कार्य आयोग (एफडब्ल्युसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकानुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुनेभएको छ । यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरूले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ । केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए । तर, विभिन्न कर्मचारी संगठनहरूले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुवैको मागको बीचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरूले आफूहरूको पारिश्रमिक अतिन्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन दबाब दिने गरेको बताउनुभयो । ‘विशेष गरेर तल्लो तहका कर्मचारीले तलब धेरै बढाउन पटक-पटक दबाब दिँदै आएका थिए’, उहाँले भन्नुभयो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?