टोकियो । जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरू छनोटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।
निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखिमात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरूले भने अबदेखि नै तयारी थाल्ने भएका छन् । जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलरस’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ ।
जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन् । उनीहरूको कार्यकाल छ वर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरूको कार्यकाल तल्लो सदनका सदस्यहरूको भन्दा दुई वर्ष बढी हो । यसैगरी, माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० वर्षको हुनुपर्नेछ, तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ वर्षको भए पुग्ने व्यवस्था छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच