सलमान नेपाल नआउनुको कारणबारे मन्त्रीको स्पष्टीकरण

Read Time = 2 mins

काठमाडौं । केही समयअघि बलिउड अभिनेता सलमान खानसहितको टिमले नेपालमा कन्सर्ट गर्ने भनिएको थियो । तर विविध कारण देखाउँदै आयोजकले कार्यक्रम स्थगित गरेको थियो ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उक्त कन्सर्ट स्थगित भएको विषयमा संसदमा प्रष्टीकरण दिनुभएको छ ।

पर्यटन प्रबद्र्धन गर्न नेपाली कलाकारलाई प्रयोग नगरी किन सलमान खानलाई ल्याउनुपरेको भन्दै कांग्रेस सांसद पार्वती डिसी चौधरीले आलेलाई प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री आलेले सलमानको कन्सर्ट मन्त्रालयले नभई निजी क्षेत्रले आयोजना गरेको र बढीभन्दा बढी पर्यटक ल्याउने उद्देश्य रहेको आयोजकले भनेकाले सहजीकरण गरिदिएको बताउनुभयो ।

सलमानको टिममा आउने कलाकार मुद्दा मामिलामा मुछिएका कारण अदालतको आदेशमा उनीहरू आउन नसक्ने भएकाले कन्सर्ट ढिलो भएको मन्त्री आलेले बताउनुभयो । ओडीसी इन्टरटेनमेन्टले गत जेठ १४ गते दशरथ रंगशालमा कन्सर्ट आयोजना गरेको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै कन्सर्ट अनिश्चितकालका लागि ‘पोस्टपोण्ड’ भएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले दशैँअघि सलमानको कन्सर्ट आयोजना गर्ने तयारीमा आफूहरू जुटेको बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?