सेयर बजारमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । विगत केही महिनादेखि ओरालो लागेको सेयर बजार बुधबार पनि घटेको छ । नेप्से २९.८९ अंकले घटेर १९६६.३७ अंकमा झरेको हो । यस दिन दुई सय २९ कम्पनीका ४१ लाख ४२ हजार तीन सय ६९ कित्ता सेयर एक अर्ब ४९ करोड १७ लाख ५८ हजार आठ सय १७ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । व्यापार सूचक सर्वाधिक २.५० प्रतिशत, लगानी २.४२ प्रतिशत, जलविद्युत् २.३२, फाइनान्स २.०२ प्रतिशत र जीवन बिमा २.०१ प्रतिशतले घटेको छ ।

नेपाल टेलिकमको भने सर्वाधिक १२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ । हिमालयन डिस्टिलरी ५.२८ करोड, बैंक अफ काठमान्डु ५.१७ करोड, एनआइसी एसिया बैंक ४.४१ करोड र अरुण भ्याली हाइड्रोपावरको ४.१० करोडको कारोबार भएको छ । यस दिन सिवाइसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको सबैभन्दा धेरै ८.७६ प्रतिशतले घटेर दुई सय ५० रुपैयाँमा झरेको छ ।

एलआइसी नेपाल ८.२६ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ५.८९ प्रतिशत, शिखर इन्स्योरेन्स ५.२५ प्रतिशत र सिंगटी हाइड्रोपावरको ५.०४ प्रतिशतले घटेको छ । सिन्धु विकास बैंक, तेह्रथुम पावर, अजोड इन्स्योरेन्स, जोशी हाइड्रोपावर र इमर्जिङ नेपालको पनि चार प्रतिशतभन्दा बढीले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?