ट्र्याक्टर किन्ने किसानलाई सेञ्चुरीको सहुलियत कर्जा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले समूहका किसानलाई ट्र्याक्टर खरिदमा लगानी गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकका कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरीका सम्पूर्ण शाखा कार्यालयले सोलिस र सोनालिका ट्र्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जाअन्तर्गत ऋण प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?