आइएमईको ‘जोड्दै छ नाता’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर ल्याएको छ । अफरअन्तर्गत इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच भाग्यशालीलाई प्रतिव्यक्ति २२ हजार उपलब्ध गराउने भएको छ । अफर इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका रूपमा मनाइने १६ जुनमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरूप जुन १६ लाई विशेष दिनका रूपमा मनाइँदै आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?