काठमाडौं । सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै ल्याएको प्रायोरिटी काउन्टर असार १ गतेदेखि नयाँ वानेश्वर शाखाबाट पनि विस्तार गरेको छ । प्रायोरिटी ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ ।
प्रायोरिटी लाउन्जबाट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । नयाँ वानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले संयुक्तरूपमा गर्नुभयो । बैंकका प्रमुख निक्षेप अधिकृत गुरागाईंले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच