आजदेखि चेम्बर एक्स्पो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बिहीबार (आज)देखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो सुरु हुने भएको छ । नेपाली उत्पादनको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदानका लागि एक्स्पो आयोजना गर्न लागिएको आयोजक संस्था नेपाल चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने एक्स्पो पाँच दिनसम्म सञ्चालन हुनेछ ।

विगतका राजनीतिक उपलब्धिलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गएका सन्दर्भमा राष्ट्रको सर्वांगिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आएको चेम्बरले जनाएको छ । पछिल्ला चार संस्करणको सफलतापूर्वक आयोजनापछि पाँचौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको चेम्बरले जनाएको छ ।

बंगलादेश पार्टनर कन्ट्री रहेको एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एन्ड एसेसरिज, गार्मेन्ट एन्ड टेक्सटाइल, मोबाइल एन्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, हृयान्डिक्राफ्ट एन्ड हृयान्डलुमस, सुज एन्ड लेदर आइटम, कस्मेटिक्स, फुड एन्ड डेरी प्रोडक्ट्सलगायत रहने आयोजकले जनाएको छ ।

एक्स्पोको गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ भने अफिसियल इन्स्योरेन्समा प्रभु इन्स्योरेन्स रहेको छ । मेला व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ । एक सय ५० स्टल रहने एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्री पनि रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?