नक्सालमा फक्सवागनको सोरुम

हिमालय टाइम्स
Read Time = 2 mins

कामठाडौं । नेपालस्थित फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्यान्डर्डको फ्ल्यागसिप सोरुम स्थापना गरेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५ तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालस्थित जर्मनी राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरीचौकीका प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवालको उपस्थितिमा सोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले भन्नुभयो, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौँ । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’

सोरुम स्थापनाका अवसरमा कम्पनीले आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको छ । आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले चार वर्षसम्म तनावमुक्त भई फ्रि सर्भिसिङ पाउने बताइएको छ । पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री गर्दै आएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र नौ सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?