राप्रपाद्वारा प्रधानमन्त्री देउवालाई २२ बुँदे ज्ञापनपत्र

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमै मल, बिउ उपलब्ध गराइनुपर्ने लगायतका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूसहित बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगर्नमा माग गरेको छ । यस्तै, केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रूपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गर्न, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसद्को निर्वाचन पूर्ण समानुपातिक बनाउन, संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ ।

ADVERTISEMENT

यस्तै, राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था प्राथामिकतामा राखेको छ । त्यस्तै, किसानहरूलाई तत्काल मल उपलब्ध गराउनेदेखि महँगी तथा कालोबजारी नियन्त्रणका साथै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अविलम्ब रोक्न माग गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा पूर्व-अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, लगायतका नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?