सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत

हिमालय टाइम्स
Read Time = 1 min

जुम्ला । सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ ।

सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको हो ।

भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो ।

जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले सिंजा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको निष्कर्ष निकालिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?