मधेस प्रदेश सरकारले चारपांग्रे सवारी नकिन्ने

Read Time = 1 min

जनकपुर

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चारपाङ्ग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/०८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताउनु भएको थियाे ।

‘आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधन खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।

संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन् । सवारीसाधन खरिद भने रोकिँदैन ।

बजेटमा पर्सा देखि सप्तरी सम्मको मधेश राजमार्गको सम्भाव्यता, सवारी साधन चालक अनुमती पत्र मधेशमै छपाउने देखि चालु आर्थिक वर्षमा चारपाँग्रे गाडी खरिद नगरिने प्रतिवद्वता उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?