सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय राखिदै

Read Time = 5 mins

विजय रावत / जुम्ला

जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजका लागी सिंजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकालाई समेटिने सो कार्यालयहरु स्थापना गर्नका लागी पहल भईरहेको थियो । जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले सिंजाका नागरिकका लागी नराकोटमा नापी र मालपोत कार्यालय राख्न सांसदमा आवाज समेत उठाउनु भएको थियो । सांसद महतको आवाजपछि भूमि व्यवस्था विभागले सर्वदलिय राय मागेपछि जिल्लाका सरोकारवालाहरुको एकमतका साथ निर्णय गरि नराकोटमा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति जुम्लाको हलमा जिल्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, नवनिर्वाचित जिल्ला समन्वयका पदाधिकारीको उपस्थितिमा सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका सेवाग्राहीलाई सदरमुकाममा सेवा लिन भौगोलिक दुरीका हिसावले टाढा भई सेवा समस्या भएकाले ईलाका प्रशासन कार्यालय रहेको सिँजा गाउँपालिकाको नराकोटमा नै मालपोत नापी कार्यालय स्थापना गर्न उपयूक्त भएकाले नराकोटमा मालपोत कार्यालय स्थापना गर्नका लागि राय सहितको निर्णय गरिएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले बताउनुभयो ।

मालपोत कार्यालय जुम्लाले भूमि व्यवस्था तथा अभिलेख विभागले उपयूक्त स्थान भए नभएको बिषयमा सर्वदलिय/सर्वपक्षिय तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय जुम्ला सहितको उपस्थितिमा वैठक राखी राय पठाएको बिषयमा सिँजा क्षेत्रको लागि नराकोट केन्द्र उत्तम हो भनि निर्णय गरिएको अध्यक्ष धितालले बताउनुभयो ।

भूमि व्यवस्था तथा अभिलेख विभागले पठाएको २०७९/०२/१६ गते च.नं २२४१ को पत्रमा भनिएको छ । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले दिनुभएको निवेदनका साथ प्राप्त सिँजा गाउँपालिका नराकोट जुम्लाको च.नं ४१७ मिति २०७८/०८/१५ को पत्र मार्फत जिल्ला प्रशासन कार्यालय जुम्लालाई सम्वोधन गरि लेखिएको पत्र तथा जिल्ला प्रशासन कार्यालयको च.नं १२१२ मिति २०७८/०८/२१ को पत्र जुम्ला जिल्लाका स्थानीय तहहरु मध्ये हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका ३८ हजार जनसंख्याको लागि मालपोत तथा नापी कार्यालयको सेवा लिन सदरमुकाम धाउनुपर्ने भएकाले ईलाका प्रशासन कार्यालयमा रहेको सिँजा गाउँपालिकाको नराकोटमै नापी र मालपोत कार्यालय स्थापना गरी संचालनमा ल्याउनका लागि आवश्यक पहल गरिदिन हुन भनि राय पठाईएको थियो । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले मालपोत र नापीको बिषय र सवाल पहिले देखीको माग भएकाले पास गरिदिन वैठकमा अनुरोध गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखी माग भएको जानकारी दिनुभयो ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भएपनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउदा खुशी लागको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?