एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्यनमा आएको बताउनु भएकाे छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यन्वयनमा ल्याएको उहाँले दाबी गर्नुभयाे ।

‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाउनु भएको छ ।

कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यन्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्न जरुरी छ,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयाे ।

अहिले एसपीपी हुँदैछ रे भनी हल्ला फिजाँइएको उहाँले बताउनु भयाे । उहाँले अमेरिकासँग एसपीपी सम्झौता नहुने दाबी समेत गर्नुभयाे ।

‘हिँजोआज एउटा पश्न– एसपीपी हुँदैछ रे, ल सैनिक सम्झौता हुँदैछ रे, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ, जुन विलकुल झुठो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको हाम्रो छलफलमा त्यस्तो कुनै सम्झौता नभएको जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयाे ।

एसपीपी सम्झौता गर्न गठबन्धन नलाग्ने ठोकुवा अध्यक्ष प्रचण्डले गर्नुभयाे । उहाँले थप स्पष्ट पार्दै भन्नुभयाे ‘हामी नेपालको राष्ट्रियता, स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?