प्राकृतिक स्रोतको उत्खनन् गर्नुअघि बाताबरणीय अध्ययन गर्न आवश्यक: राष्ट्रपति भण्डारी

Read Time = 5 mins

-राधिका बुढाथोकी

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको बाताबरणीय अध्ययन गरेर मात्रै प्राकृतिक स्रोतको उत्खनन् तथा संकलन गर्न आग्रह गर्नु भएको छ ।

आठौँ चुरे दिवसको अवसरमा बिहीबार सिन्धुलीको दुधौलीमा  एक दिनमा एक लाख बिरुवा बृक्षारोपण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुंगा, गिटी र बालुवा लगायतका प्राकृतिक स्रोतको उत्खननमा बाताबरणीय अध्ययन आवश्यक रहेको बताउनु भएकाे हाे ।

दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्त रुपमा आयोजना गरेको आठौँ चुरे दिवसको अवसरमा उहाँले यस्तो बताउनु भयाे ।

साथै राष्ट्रपति भण्डारीले नबनिर्बाचित जनप्रतिनिधिहरुलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्न आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘चुरे क्षेत्रमा बाघ, भालु, गैडा, हात्ति, अर्ना लगायत अन्य बन्यजन्तुको बासस्थान रहनुका साथै विभिन्न जडिबुटी जन्य बनस्पतिको खानी छ । तराई मधेस क्षेत्रमा सिंचाईका लागि आवश्यक पर्ने पानीको स्रोत समेत चुरेमा रहेको छ ।’

चुरे क्षेत्रमा जनसंख्या वृद्धि, बसाई सराई, भौतिक पुर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढी रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारको बृहत्तर बृक्षा रोपण कार्यक्रमले वन क्षेत्रको बृद्धि, जैविक विधिताको संरक्षण, कार्बन संचिति, भुसंरक्षण तथा पानीको स्रोतको बृद्धि गर्न तथा स्थानीय समुदायको जीविको पार्जनको अबसर सिर्जना गर्न मद्दत पुग्ने बताउनुभयो ।

‘हामीले बिरुवा रोपेर मात्रै हुँदैन, हुर्केका बिरुवालाई स्याहार, सम्भार, संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।’ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आफ्नो पाँच बर्षको कार्य अनुभवको समिक्षा गर्दै विगतको सिकाईको आधारमा गुरु योजना संसोधन गर्न लागेको उहाँको भनाई थियो ।


कार्यक्रममा वन तथा बाताबरण मन्त्री रामसाय प्रसाद यादबले चुरे संरक्षण गर्न आउने दिनमा बृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले आउने बर्षसम्म मन्त्रालयको तीन करोड बृक्षा रोपण गर्ने योजना रहेको सुनाउदै देशभरि नै यतिधेरै बृक्षा रोपण एकै दिन शुभारम्भ भएको ईतिहासमा नै पहिलो पटक भएको बताउनुभयो ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम राष्ट्रिय गौरबको आयोजना भएको चर्चा गर्दै अरबौ रुपियाँ लगाएर बनाएका सडक र पुलकाे क्षति चुरे  विनासकै कारण भएकाे बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बिशाल सामुदायिक वनमा बरपिपलको बिरुवा रोपेर बृक्षरोपणको शुभारम्भ गर्नु भएको थियो । बिशाल उपभोक्त वन समूहमा १० हेक्टर जमिनमा बरपिपल, आँप, कटहर लगायत १६ हजार बिरुवा रोपिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?