कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताउनुभएको हो । “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो,” नेता लेखकले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । सरकारले एसपिपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर नित्कर्षमा पुग्ने गरेको उल्लेख गर्नुभयो । सबै देशसँग कांग्रेसले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उहाँको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वभाविक भएकाले यसबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?