आर्थिक विधेयकमाथि ६ असारदेखि दफावार छलफल हुने

Read Time = 1 min

काठमाडौं । संसदमा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफावार छलफल हुने भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गर्नुभएको थियो ।

सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोक्नुभएको हो ।

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुतमले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक ३ असार शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?