सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय राखिँदै

हिमालय टाइम्स
Read Time = 4 mins

विजय रावत
जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिंजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ ।

हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकालाई समेटिने सो कार्यालयहरू स्थापना गर्नका लागि पहल भइरहेको थियो । जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले सिंजाका नागरिकका लागि नराकोटमा नापी र मालपोत कार्यालय राख्न सांसदमा आवाजसमेत उठाउनुभएको थियो । सांसद महतको आवाजपछि भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि जिल्लाका सरोकारवालाहरूको एकमतका साथ निर्णय गरी नराकोटमा मालपोत कार्यालय आवश्यक रहेको भनी निर्णय गरेको छ ।

मालपोत कार्यालय जुम्लाले भूमि व्यवस्था तथा अभिलेख विभागले उपयुक्त स्थान भए नभएको विषयमा सर्वदलीय÷सर्वपक्षीय तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय जुम्ला सहितको उपस्थितिमा बैठक राखी राय पठाएको विषयमा सिंजा क्षेत्रको लागि नराकोट केन्द्र उत्तम हो भनी निर्णय गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

भूमि व्यवस्था तथा अभिलेख विभागले पठाएको २०७९/०२/१६ गते च.नं २२४१ को पत्रमा भनिएको छ । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले दिनुभएको निवेदनका साथ प्राप्त सिँजा गाउँपालिका नराकोट जुम्लाको च.नं ४१७ मिति २०७८/०८/१५ को पत्रमार्फत जिल्ला प्रशासन कार्यालय जुम्लालाई सम्बोधन गरी लेखिएको पत्र तथा जिल्ला प्रशासन कार्यालयको च.नं १२१२ मिति २०७८/०८/२१ को पत्र जुम्ला जिल्लाका स्थानीय तहहरुमध्य हिमा सिँजा र कनकासुन्दरी गाउँपालिकाका ३८ हजार जनसंख्याको लागि मालपोत तथा नापी कार्यालयको सेवा लिन सदरमुकाम धाउनुपर्ने भएकाले इलाका प्रशासन कार्यालयमा रहेको सिंजा गाउँपालिकाको नराकोटमै नापी र मालपोत कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक पहल गरिदिन हुन भनी राय पठाइएको थियो ।

सिंजा गाउँपालिका अध्यक्ष धितालले मालपोत र नापीको बिषय र सवाल पहिलेदेखिको माग भएकाले पास गरिदिन बैठकमा अनुरोध गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले सिंजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखि माग भएको जानकारी दिनुभयो ।
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भएपनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?