गल्र्समा नेपालको तेस्रो हार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला टिम आइटिएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ । भारतले नेपाललाई ३-० ले हरायो । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६-० र ६-२ तथा आहनले शिभाली गुरुङलाई ६-० र ६-० को सोझो सेटमा हराउनुभयो । डबल्समा प्राची र अनन्दिता उपाध्यायको जोडीले शिभाली र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६-२ र ६–२ को सिधा सेटमा पन्छाउनुभयो ।

गल्र्समा यसअघि नेपाल माल्दिभ्ससँग २-१ तथा श्रीलंकासंग ३-० ले चुकेको थियो । दुई खेल गुमाएको ब्वाइजमा नेपाल श्रीलंका र पाकिस्तानसँग ३-० ले पराजित भएको थियो । बुधबार ब्वाइजमा नेपालको खेल थिएन ।

गल्र्सको अन्य प्रतिस्पर्धामा माल्दिभ्सले बंगलादेश तथा श्रीलंकाले भुटानलाई समान ३-० को नतिजामा पन्छाए । ब्वाइजमा पाकिस्तानले श्रीलंका, भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानमाथि समान ३-० को जित निकाल्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?