भारतका वरिष्ठ साहित्यकार तथा भाषाविद् गोपी चन्दको निधन

Read Time = 1 min

नयाँदिल्ली । भारतका वरिष्ठ साहित्यकार तथा भाषाविद प्रो.गोपी चन्द नारंगको निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नारंगले उर्दू, हिन्दी र अंग्रेजीमा भाषा, साहित्य र संस्कृतिसम्बन्धी ६५ भन्दा धेरै किताब लेख्नुभएको छ ।

नारंगको निधनले साहित्यजगतमा शोक छाएको छ । उहाँले पद्मभूषण, साहित्य अकादमीलगायत विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ । उहाँ हिन्दी, उर्दू, अंग्रेजी र पश्तोसहित छ भाषामा विज्ञ रहनुभएको थियो ।

उहाँका उर्दू, हिन्दी र अंग्रेजीमा भाषामा पुस्तक प्रकाशित छन् । पाकिस्तान सरकारले उहाँलाई ‘सितार-ए-इम्तियाज’ सम्मान दिएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?