‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’मा वर्गीय द्वन्द्वको कथा

Read Time = 3 mins

काठमाडौं । प्रदर्शनका लागि तयारी अवस्थामा बसेको नयाँ नेपाली चलचित्र ‘प्रकाश’को ‘मान्छे मान्छे’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार डिएआर मुभिज युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका चल अचल दृष्य समावेश गरिएको छ ।

गीतले वर्गीय द्वन्द्वको विषयलाई गहन रूपमा प्रस्तुत गरेको छ । देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए तर व्यवहार फेरिन नसकेको विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा यो गीतले चलचित्रको थिम बुझाउन खाजेको छ । व्यवस्था परिवर्तन भए पनि अझै विभिन्न तह र सेक्टरहरुमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ ।

त्यसो त चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको यो गीतबाट स्पष्ट हुन्छ ।

अशोक शेरचनको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ ।

बिनिस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?