छैटौं निफको लागि आवेदन खुला

Read Time = 1 min

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३)को छैटौं संस्करणका लागि आवेदन खुला गरिएको छ । कथाहरूको उत्सव भन्ने नारासहित ६ वर्षदेखि नियमित आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको सातवटा विधामा आवेदन दिन सकिने निफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिस्पर्धाका लागि निःशुल्क आवेदन दिन सकिनेछ । पुस १० सम्म आवेदन दिन पाइनेछ । छैटौं निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?