काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाई उक्त सुविधा दिन बैंक र टेलिकमबीच सम्झौता भएको छ ।
सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिस्टर गर्ने सम्पूर्ण ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता पर्ने छैन ।