काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौंको कमलादीस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयका रूपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउन होटल तथा अन्य संस्थालाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आहृवान गरेको थियो ।
सोही निर्णयबमोजिम सिटी एक्सप्रेसले ऐक्यबद्धता जनाउँदै कार्यालयको भुइँतलाको शौचालय निःशुल्करूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भएको हो ।
उक्त कार्यका लागि काठमाडौं महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले सिटी एक्सप्रेसका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन