काठमाडौं । ब्याट्री ब्याकअप र दुई गुणा बढी सेक्युरिटी अपडेटका साथ नोकिया जी २१ नेपाली बजारमा आएको छ । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिजअन्तर्गत नयाँ नोकिया जी २१ नेपाली बजारमा ल्याएको हो ।
एसिया प्यासिफिक र चाइनाका लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भन्नुभयो, ‘मिड रेन्ज सेग्मेन्टमा नोकिया फोन जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लिक डिजाइनमा आउने यी फोनका ब्याट्री पनि धेरै टिक्ने भएकोल सबै कामहरू आरामसाथ गर्न सकिन्छ ।
बनावटमात्र बलियो नभई यसको ओएस र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओएसमा दुई वर्ष र सेक्युरिटी अपडेटमा तीन वर्षसम्म गर्न मिल्ने हुनाले पछिसम्म पनि नयाँ फोन चलाएको आभास हुन्छ ।’ ६/१२८ जिबी स्टोरेजमा उपलब्ध फोनको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।