नबिलको पर्यावरणमैत्री व्यवसाय कर्जा

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले आकर्षक सुविधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ल्याएको छ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकाससम्बन्धी व्यवसायको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिलले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ल्याइएको जनाएको छ ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायको वित्तीय आवश्यकता पूरा गर्न आकर्षक सुविधा तथा व्याजदरसहित नयाँ कर्जायोजना ल्याएको बैंकले जनाएको छ ।

कर्जायोजनाअन्तर्गत बैंकले साबिकभन्दा ०.५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीको व्यवसाय बढाउन सहयोग पुर्‍याउन क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधा प्रदान गर्दै व्यवसायीमाझ वित्तीय पहुँचमा जोड दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?