काठमाडौं । नबिल बैंकले आकर्षक सुविधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ल्याएको छ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकाससम्बन्धी व्यवसायको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिलले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ल्याइएको जनाएको छ ।
फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायको वित्तीय आवश्यकता पूरा गर्न आकर्षक सुविधा तथा व्याजदरसहित नयाँ कर्जायोजना ल्याएको बैंकले जनाएको छ ।
कर्जायोजनाअन्तर्गत बैंकले साबिकभन्दा ०.५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीको व्यवसाय बढाउन सहयोग पुर्याउन क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधा प्रदान गर्दै व्यवसायीमाझ वित्तीय पहुँचमा जोड दिइने जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं