चेम्बर एक्स्पो सुरु, निर्यात प्रवद्र्धनका लागि सहकार्यमा जोड

Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादन गुणस्तरीय बनाई निर्यात प्रवद्र्धन गर्दै व्यापारघाटा न्यूनीकरणमा सरकारले जोड दिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल चेम्बर एक्स्पो-२०२२ को बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यबिना असम्भव रहेको भन्दै उहाँले व्यापारघाटा न्यूनीकरणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निर्यात प्रवद्र्धनका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकाससमेतमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक्स्पोले धेरै वस्तुलाई एकै स्थलमा व्यापार गर्ने स्थान उपलब्ध गराउनेमात्र नभई उत्पादन र उपभोक्ताबीच सिधा सम्पर्क पनि गराउँछ, जसका कारण उत्पादकले बजार मागसमेतलाई आँकलन गरी व्यापार प्रवद्र्धन गर्न सक्छन् ।’ एक्स्पोले मुलुकमा विस्तारै चलायमान बन्दै गएको पर्यटन क्षेत्रलाई थप गति दिने र एक्स्पोमा आउने व्यक्तिलाई नजिकका पर्यटकीय क्षेत्रमा पुर्‍याउन सकिएमा आम्दानीमा बढोत्तरी हुनुका साथै मुलुकका पर्यटकीय सम्पदाको प्रचारप्रसार भई पर्यटनसमेत प्रवद्र्धन हुने उहाँको भनाइ थियो ।

नेपालस्थित बंगलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीले एक्स्पोले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो भने आयोजक संस्था नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहन र निर्यात प्रवद्र्धनका लागि एक्स्पो आवश्यक रहेको भन्दै सरकार र निजी क्षेत्रको सहकार्यमा जोड दिनुभयो । उहाँले पछिल्लो समय नेपाली उत्पादन घट्ने र उपभोग बढ्ने प्रवृत्तिले आयातको व्यापार बढिरहेकाले अर्थतन्त्रलाई नकारात्मक असर परेको बताउनुभयो । एक्स्पोमा विद्युतीय सामग्री, फ्लोरिङ तथा फर्निसिङ, घरायसी सामग्री, कपडा, मोबाइल तथा ग्याजेट, डेरीजन्य उत्पादन, तयारी पोशाक, हस्तकला, जुत्ताचप्पल, छालाका उत्पादन, जलविद्युत् उपकरणलगायत सामग्री राखिएका छन् । असार ६ गतेसम्म सञ्चालन हुने एक्स्पोको कन्ट्री पार्टनरमा बंगलादेश रहेको छ । एक्स्पोमा एक सय ५० स्टल रहेका छन् ।

जसमा सयवटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागिता रहेको छ । खासगरी नेपाली सिस्नोका कपडा, ढाकाका कपडालगायतका वस्तुको उत्पादन र प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको चेम्बरले जनाएको छ ।

एनआरएनएलाई नागरिकता दिने प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा बिहीबार आयोजित गैरआवासीय नेपाली नागरिकता, लगानी र वैदेशिक रोजगार विषयक सेमिनारको उद्घाटन गदै यस्तो उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘तपाईहरूले नागरिकताका विषयमा पटक-पटक आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गरिने कुरामा आश्वस्त पार्न चाहन्छु ।’

प्रधानमन्त्री देउवाले प्रवासी नेपालीलाई आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन आहृवान गर्दै नेपाललाई आफ्नै जीवनकालमा एउटा सभ्य विकसित मुलुक बनाउन एनआरएनएसँग सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता