संसद बैठक आज पनि बस्दै, गृहमन्त्री खाँणले तीन वटा विधेयक प्रस्तुत गर्नुहुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तीन वटा विधेयक प्रस्तुत गर्नुहुनेछ । उहाँले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने त्यसपछि विधेयक प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उहाँले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, संसद्मा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफाबार छलफल हुने भएको छ विनियोजन प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफाबार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोक्नुभएको हो ।

आगामी आर्थिक वर्षको लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?