२७ दिनपछि तोडियो निहारिकाको अनसन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका-९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले २७ दिन पछि अनसन तोड्नुभएको छ । सरकारकारसँग पाँच बुँदे सहमति भएपछि उहाँले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोड्नुभएको हो ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उहाँका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?