बाढीले डाइभर्सन बगाउँदा पर्व पश्चिम राजमार्ग अबरुद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलामा बनाईको डाईभर्सन बाढीले बगाएको छ । बिहीबार राति परेको पानीका कारण तुरीया खोलामा आएको बाढीले डाईभर्सन पुर्णरुपमा बगाएको ईलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ । डाईभर्सन बगेपछि पुर्वपश्चिम राजमार्गको यात्रा असहज भएको छ ।

गत बर्षको बर्षायाममा तुरीया खोलाको पुल भासिएपछि बेलीव्रिज निर्माण गरेर सवारीसाधनको आवतजावतको ब्यबस्था मिलाईएकोमा बेली व्रिज पनि लप्किएपछि डाईभर्सन बनाएर यात्रा सहज बनाईएको थियो ।

डाईभर्सन बगाएपछि सवारीसाधनलाई सुनवल चोकबाट देवकोटा चोक स्कुल पछाडिबाट खकरीबारी गैडाखाल हुँदै तुरीयाको पारी फर्त निस्कने ब्यबस्था मिलाईएको प्रहरीले जानकारी दिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकखण्ड हाल विस्तारका क्रममा रहेकोले खोलामा नयाँ पुल निर्माणको अन्तिम चरणमा पुगीसकेकोले हाललाई बैकल्पीक मार्गबाटै आवतजावत गर्ने ब्यबसथ मिलाएर केही दिनमा पुल सुचारु गर्ने वा डाईभर्सन तत्काल निर्माण गर्ने विषयमा केही निर्णय भैनसकेको बताईएको छ ।

सडक विस्तारको काम सुस्त गतिमा हुँदा यस बर्षको बर्षा याममा पनि यात्रुहरुले निकै सास्ती बेहोर्नुपने भएको छ । बुटवल देखी बर्दघाट सम्मको यात्रामा मात्र दर्जनौ ठाउँमा डाईभर्सन पार गर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा पुल निर्माण सम्पन्न भएर संचालमा आए पनि कतिपय स्थानमा तत्काल पुल निर्माण सकिने अवस्था रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?