काठमाडौं । मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिनुभएको छ ।
अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्र्यवहार गरिएको अडियो सार्वजनिक भएसँगै उहाँको आलोचना भएको हो ।
यसअघि पनि उहाँले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि बिबादमा तानिनुभएको थियो । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।
सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उहाँको राजिनामा माग गर्न थालिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका