काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा आएको छ।
शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाँकन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायत कलाकारको अभिनय रहेको छ।
रातो बाकसमा फर्किएका श्रीमानलाई बाजुराबाट काठमाडौंसम्म लिन आइपुगेकी पुष्पाको कथा फिल्ममा उतारिएको छ। काठमाडौंबाट बाजुरासम्म गाडीमा श्रीमानको शव राखेर सुरु हुन्छ उनीहररूको यात्रा। काठमाडौंदेखि बाजुरासम्मको यात्रा फिल्ममा देखाइएको छ।
काठमाडौं, बाजुरालगायतका स्थानमा फिल्मको सुटिङ गरिएको फिल्ममा बाजुराको भाषासमेत समावेश गरिएको छ।
निर्देशक खनालले यसअघि पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गर्नुभएको थियो । जुन सुपरहित भएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका