महिला टी-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍यो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाउनु भयो । यसबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्नु भएन । भुटानकी गावाङ छोडेनले आठ, सोनम पाँच र पेमा सेल्डोनले चार बनाउनु भयो ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताले सर्वाधिक चार विकेट लिनुभएको थियो । २.५ ओभर बलिङ गरेकी संगिताले ६ रनमात्र खर्चिनुभएको थियो । यस्तै, कविता कुँवर र सीता मगरले समान दुई विकेट लिँदा अस्मिन कर्माचार्य र इन्दु वर्माले एक-एक विकेट हात पार्नुभएको थियो ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

खराब सुरुवात गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो । त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाउनु भएको थिए ।

चौथो विकेटका लागि उहाँहरुले ३२ रनको साझेदारी गर्नुभएको थियो । यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन ।

भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिइन् । अन्य दुई बलरले एक/एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?