गण्डकी प्रदेशको बजेटमा समेटिए बागलुङका ठूला योजना

Read Time = 5 mins

-डम्मर बुढा मगर
बागलुङ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बागलुङका केही योजनाहरुलाई महत्वपूर्ण रुपमा समावेश गरेको छ ।
गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालद्वारा प्रस्ततु आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजनालाई अगाडि बढाउन पहल गर्ने, धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि १० करोड बजेट विनियोजन गर्ने र पञ्चकोटलाई पर्यटकीय गन्तव्यको रुपम विकास गर्ने भएको छ । जसका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री बरालको भनाई छ ।

बेलढुङ्गा हुदै पञ्चकोट पुग्ने पर्यटकीय पदमार्ग र ढोरपाटन र ताराखोलाको आलु पकेट क्षेको विकासका लागि आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री बरालले संसदमा जानकारी गराउनुभएको थियो । प्रदेश सरकाले आगामी बर्षको बजेट तथा कार्यक्रममा उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने उल्लेख छ ।

नेपालकै नमुना आयोजना भएकाले यो आयोजना तत्काल सुरु गर्न नेपाल सरकारसँग पहल थालिने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनु भयाे । यद्यपी उक्तरगंगा आयोजनामा संघीय सरकारको बजेट मौन छ । उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना ८२८ मेघावट विद्युत उत्पादन गर्ने गरी बिस्तृत परियोजना प्रतिवेदन तयार भएको नेपालकै नमूना र सस्तो आयोजना हो ।

उत्तरगंगा जलविद्युलाई किन प्राथमिकतामा नरखोको भन्दै बजेटको विषयमा संघीय सरकारको संसदै बागलुङका संघीय सांसद डा.सूर्य पाठकले प्रश्न समेत गर्नूभएको थियो । गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी उप–प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्दै प्राथमिकताका साथ स्वस्थ्य सेवाको गुणस्तर थप गर्दै आएको छ ।

अस्पताललाई हाल २०० शैयाको अस्पताल बनाउनका लागि प्रदेशले उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको छ । अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि समेत गण्डकी प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो । सिटि स्क्यान खरिदका लागि रु. १० करोड बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री बरालले बताउनु भयाे ।

अस्पतालमा सिटि स्क्यान सेवा भएमा ब्रेन स्टोकका बिरामी, दुर्घटनामा टाउकोमा चोटपटक लागेकालाई तत्कालै सिटिस्क्यान गरेर प्रभावकारी उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङका प्रमुख सुपरीटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयाे ।

यस्तै गण्डकी सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कृषि, सामाजिक सुरक्षा र स्वास्थ्यलाई जोड दिइएको छ । बागलुङको पञ्चकोटलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको जनाएको छ ।

प्रदेश सरकारले गत वर्षदेखि शुरु भएको बेलढुङ्गा–पञ्चकोट पर्यटकीय पदमार्ग निर्माणलाई निरन्तरता दिने भएको छ । गत वर्ष २० लाखबाट पदमार्ग निर्माणको थालनी भएको थियो । २० लाखबाट एक किलोमिटर पक्की र एक किलोमिटर कच्ची पदमार्ग निर्माण भएको थियो । अहिले सरकारले प्राथमिकताका साथ पदमार्ग निर्माण गर्ने गरी बजेट विनियोजन गरेको छ ।

बागलुङका दलित अधिकारकर्मी नेता स्व. भगत सर्वजित विश्वकर्माका नाममा गण्डकी प्रदेश सरकारले भगत सर्वजीत सिप विकास कार्यक्रम सञ्चालन गर्ने र जस्लाई ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । यस्तै ढोरपाटन शिकार आरक्षबाट प्राप्त हुने आम्दानीलाई प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने नीति लिएको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?