थाहा पाउनुस् शनिबार जन्मिने मानिस कस्ता हुन्छन् ?

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । ज्योतिषशास्त्र महत्वपूर्ण विज्ञान हो । यसले भूत, वर्तमान र भविष्य मात्र बताउँदैन, मानिसको सबै विषयको अध्ययन पनि गर्छ । यही विज्ञानले मानिसको जन्म बारका आधारमा उसको गुण र स्वभावको किटान गरिदिएको छ । ज्योतिष विज्ञानका अनुसार मानिस जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा अत्यन्तै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ ।

ज्योतिषशास्त्र अनुसार शनिबार जन्मिएका व्यक्तिहरू शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ । हुन त बारले मात्र व्यक्तिको भाग्यको निर्धारण गर्न सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । तैपनि यो बार जन्मने व्यक्तिको सामान्य भविष्य भने बताउन सकिन्छ । हरेक व्यक्तिले विभिन्न समस्याहरूबाट छुटकरा पाउन शनिलाई न्यायप्रेमी देवताको रुपमा मान्दछन् । शनिदेवको रुपमा पिपलको रुख तथा अन्य ठाँउमा पुजा गर्ने चलन पनि छँदै छ ।

शनिबार जन्मेका व्यक्तिहरू धेरै भाग्यमानी हुने गर्छन् । यस्ता व्यक्तिहरूमा बिभिन्न विशेषताहरू हुने गर्छन् । जस्तै शनिबार जन्मेका मानिसहरू अन्याय नसहने हुन्छन् । त्यस्तै यिनीहरू सत्यको कहिल्यै पनि साथ छाड्दैनन् । यिनीहरू निकै बुद्धिमानी एवं गम्भिर र जिम्मेवार स्वभावका हुन्छन् । त्यस्तै यिनीहरूमा कपडाहरूसामान्य प्रकारको भएपनि ब्रान्डेड खालका लगाउने स्वभाव हुन्छ । यिनलाई हेपाहा प्रवृत्ति मन पर्दैन । हरेक मान्छेको सम्मान गर्ने यिनको अर्को विशेषता हो ।

शनिबार जन्मिने मानिस निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्थात् यस दिन जन्मिने मानिस हरेक कुरामा पर्फेक्ट हुन्छन् ।

यिनीहरु थोरै रिसालु र कडा मिजासका हुन्छन् । यिनीहरूको बाल्यकाल एकदमै कष्टपूर्ण बितेको हुन्छ । यिनले आफैँ आफ्नो जीवन खुशी र सुखमय बनाउँछन् । यिनीहरुलाई खास गरी २० ,२५ र ४५ वर्षको उमेरमा केही अप्ठ्यारो समस्याहरू भोग्नुपर्ने हुनसक्छ । यिनले माया गरेका व्यक्तिको लागि सर्वस्व दिन तयार हुन्छन् । कडा बोल्ने र अन्याय नसहने कारण यिनले जीवनमा अनेक कठिनाई भोग्दछन् । यिनले निडर भई आफ्नो अभिमत परिवार र समाजमा प्रस्तुत गर्ने गर्दछन् ।

शनिबार जन्मिने मानिस मनको सफा हुने गर्छन् । मनको यही सफापनका कारण स्पष्टवक्ता हुने गुण हुन्छ यस दिन जन्मिएका मानिसहरुमा । तर कहिलेकाँही स्पष्टवक्ता भएका कारण शनिबार जन्मिनेहरुले आलोचना पनि भोग्नु पर्छ ।

शनिबार जन्मिने मानिस सम्पन्न त हुन्छन् तर छिट्टै पैसा खर्च भने गर्दैनन् । अनावश्यकरुपमा खर्च गर्न शनिबार जन्मिएकाहरु निकै हिच्किचाउने गर्छन् । यद्यपी आवश्यकतामा भने धित खोलेरै खर्च गर्ने स्वभाव हुन्छ ।

शनिबार जन्मिएका मानिसहरूको झुकाव कला, साहित्य, संगीत र खेलमा हुन्छ । यही रुचीका कारण शनिबार जन्मिएका धेरै मानिस कला, साहित्य, संगीत र खेलकुदको पारखी मात्रै हुँदैनन्, कला साधक वा खेलाडीको रुपमा सफलता पाउनेमध्येमा पनि पर्छन् ।

रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरूलाई सहन सक्दैनन् । जिद्दि पनि हुन्छन् । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार र धारण हुन्छ शनिबार जन्मिएका मानिसहरूमा । अरुलाई ठेस पुर्याउने चाहना हुँदैन शनिबार जन्मिएका मानिसहरू ।

यिनीहरूको प्राय गरी भाग्योदय विवाह पछि हुन्छ । यिनीहरू चाप्लुसी गर्न जान्दैनन् र चाप्लुसी गरेको मन पराउँदैनन् । कहिलेकाँहि यिनीहरू आफ्नो प्रशंसा आफैं गर्न थाल्छन् र समस्यामा पनि पर्दछन् ।

स्रोत : भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्मा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?