द्रौपदीले यसरी मनाउँथिन् पाँच पाण्डबसँग सुहागरात

हिमालय टाइम्स
Read Time = 5 mins

 काठमाडौं । महाभारत हिन्दूहरूको एक प्रमुख काव्य ग्रन्थ हो । जसमा द्रौपदीले पाँच पाण्डवसँग विवाह गरेको उल्लेख छ । तर पाँच श्रीमान भएकी उनले कसरी सुहागरात मनाईन भन्ने कुरा रोचक रहेको छ ।

यस्तो छ कथा -

दुर्योधनले पाँचै भाइ पाण्डबहरूलाई मार्ने खवर फैलिएपछि, डराएका पाण्डबहरु आमा कुन्ति सहित ब्राम्हण जीवन ब्यतित गर्न थालेका थिए । यसरी पाण्डवहरु हरेक दिन भिक्षामा आएको सामा आमालाई सुम्पिएर मात्रै उपभोग गर्ने गर्दथे।

राजा द्रुपदको दरबारमा त्यसबेला द्रौपदीको स्वयम्बरको समय चलिरहेको थियो जहाँ बिभिन्न देशका राजकुमारहरु उपस्थित थिए । राजाले स्वयंवरमा एउटा सर्त राखेका थिए । जसले तलाउमा हेरेर रुखमाथी झुण्ड्याईको माछाको आँखाको नानीमा तीरले साँध्न सक्छ, उसैसित द्रोपदीको बिवाह हुने तय थियो।

अर्जुनले भगवान श्रीकृष्णसंग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरिएर चलाएको तीर माछाको आँखा बिचबाटै बाहिरियो। राजाको पूर्व सर्त अनुसार द्रौपदीले अर्जुनलाई स्वयंवर गरेकी थिइन्। द्रौपदीलाई लिएर खुशीले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आईपुगेका पाण्डवहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाँडेर राख्नु भनेकी थिइन्।

आमाको बचनलाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाएनन्। यस कुराबाट आहत बनेका राजा द्रुपदले व्यास ऋषीसंग सल्लाह लिए । पुर्वजन्ममै देवादी देव महादेवले द्रौपदीको तपस्याबाट प्रसन्न भएर बरदान दिएका थिए। द्रौपदीले आफूलाई संसारकै सर्बज्ञानी पुरुष पति बनाउन पाउँ भनेर पाँच पटकसम्म भनेकी थिइन् । पाचैँ पटकसम्म नै महादेवले तथास्तु भनेका थिए।

यसप्रकार द्रौपदीका पाँच जना पति भएका हुन् । तर हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरषसँग मात्र बिवाह वा सहबास गर्नुपर्ने नियम भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फर्किने बरदान पनि दिएका थिए।

सवैभन्दा पहिले जेठा दाजू युधिष्ठिरले सुहागरात मनाए त्यसपछि भिमले त्यसैगरी प्रत्येक पाण्डवले कुमारी द्रौपदीसंग सहबास गर्न पाए। यी कुराहरू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छन्। महादेवकै बर पाएका कारण दौपदी पञ्च कन्या मध्येकी एक हुन् । पाँचवटा पति भए पनि उनी कन्याका रुपमा कहलिन्छिन् । शास्त्रमा पञ्चकन्याका रुपमा अहिल्या द्रौपदी, कुन्ती, तारा र मन्दोदरी उल्लेख गरिएको पाइन्छ ।

महाभारतको बारेमा

महाभारतलाई इतिहास ग्रन्थ पनि भन्न सकिन्छ। वैदिक संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ हो महाभारत। यो हिन्दू धर्मको वेदपछिको एउटै मुख्य ग्रन्थ र विश्वको सबैभन्दा ठूलो साहित्यिक ग्रन्थ पनि हो।

महाभारतलाई पाँचौवेद पनि भनिन्छ, यो एक अनुकरणीय स्त्रोत हो। वैदिक हिन्दूहरूको इतिहासको एक गाथा पनि हो।

पूरै महाभारतमा एक लाख पच्चीस हजार श्लोकहरू छन्, जुन बाइबलभन्दा चार गुणा बढी र इलियड र ओडिसीभन्दा सात गुणा बढी हुन आउँछ। विश्व प्रसिद्ध दार्शनिक ग्रन्थ भागवद्गीता पनि यसै महाकाव्यभित्र पर्न आउँछ। यसमा कौरव-पाण्डवहरूको निमित्तबाट भएको युद्धवर्णन मात्र छैन, चारै वेदहरूमा वर्णित वर्णाश्रम धर्मको सविस्तार वर्णन भएकाले पनि पाँचौंवेद भनिएको हो। एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?