काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एण्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि सुरु हुने भएको छ ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुनलागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक ध्रममान बज्राचार्यले जनाउनुभएको छ । यु-१२ उमेरसमूहको प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, सुनसरी र रूपन्देहीका खेलाडी सहभागी हुनेछन् ।
प्रशिक्षण सञ्चालन गर्न आईटीटीएफ विज्ञ भारतकी ममता अशोक प्रभु बिहीबार नेपाल आइसकेको संघले जनाएको छ । असार १० गतेसम्म सञ्चालन हुने प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच