शुभकामना कप आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । पोखरा महानगरपालिका २५ हेम्जामा शनिबार (आज) देखि छैटौं अन्तर्राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप-२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पूरा भएको क्लबका अध्यक्ष इन्द्र कुँवरले बताउनुभयो ।

एक विदेशीसहित आठ टिम सहभागि हुने प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरूको सहभागिता रहनेछ । गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपीएफ, चर्च ब्वाइज, एभेनिर एफसी क्यामरुन, खुमलटार, कालिका स्पोर्ट्स क्लब चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कँुवरले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद तीन लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०-२० हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?