प्रिमियर लिगको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२-२३ को खेल तालिका सार्वजनिक भएको छ । अगष्ट-५ बाट सुरु हुने नयाँ सिजनको प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको हो । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

यो खेल क्रिस्टल प्यालेसको मैदानमा हुनेछ । अघिल्लो सिजनको च्याम्पियन म्यानचेस्टर सिटीले वेष्ट हृयामसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

यस सिजनको मर्सिसाइड डर्वी ३ सेप्टेम्बर र ११ फेब्रुवरीमा परेको छ । जहाँ एभर्टनविरुद्ध लिभरपुल भिड्नेछन् । यस्तै म्यानचेस्टर सिटी र युनाइटेड अक्टोबर १ र जनवरी १४ मा आमनेसामने हुनेभएका छन् ।

त्यसबाहेक आर्सनल र टोट्नहम हृयाट्सपरबीच हुने नर्थ लण्डन डर्वी १ अक्टोबर र १४ जनवरीमा हुनेछन् । नर्थवेष्ट डर्वीमा २० अगष्ट र ४ मार्चमा लिभरपुर र म्यानचेस्टर युनाइटेड भिड्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?