काठमाडौं । नेपाल आइटीएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज/गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो ।
प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालु संस्करणसहित नेपाल सन् २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा छनोट भएको थिएन । नेपालमा सन् २०१७ मा भएको पहिलो संस्करणमा ब्वाइज टिम छनोट भएको थियो । २०१८मा नेपालमै भएको दोस्रो संस्करणमा ब्वाइज/गल्र्स दवै टिमले छनोट चरण पार गरेका थिए । २०१९ मा बंगलादेशमा भएको तेस्रो संस्करणमा ब्वाइज टिम छनोट हुन सफल भएको थियो । २०२१ मा कोभिड-१९ का कारण प्रतियोगिता भएन ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगितामा शुक्रबार नेपाली ब्वाइज/गल्र्स दुवै टोलीले हारको शृंखलामा ब्रेक लगाएका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा नेपालले माल्दिभ्सलाई ३-०ले पराजित गर्यो । सिंगल्समा असभसम्राट हाडाले सलामलाई ६-० र ६-० तथा वृजेश आर्यलले नियाजलाई ६-० र ६-२ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्समा वृजेश र आद्रित नेपालको जोडीले कलिम र नियाजको जोडीलाई ६-४ र ६-१ को सीधा सेटमा हराए । यसअघि नेपाल लगातार दुई खेलमा चुकेको थियो ।
गल्र्समा लगातार तीन खेलमा हार सामना गरेको नेपालले चौथो खेलमा भुटानमाथि ३-०को जित रच्यो । सिंगल्समा कर्मिस्था नुगाह श्रेष्ठले छिरिङ तथा शिभाली गुरुङले वाङमोलाई पाखा लगाउनुभयो । डबल्समा प्राज्ना मानन्धर र कर्मिस्थाको जोडीले छिरिङ र वाङमोको जोडीलाई पन्छाउनुभयो । तीनै स्पर्धामा सहज जित निकालेको नेपाल समान ६-० र ६-० ले विजयी रह्यो ।
प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्तान फाइनलमा प्रवेश गर्नुभएको छ । गल्र्सको राउण्ड रोविन लिगमा पहिलो हुँदै भारत र दोस्रो बन्दै श्रीलंका फाइनलमा पुग्नुभयो । चारै टोली फाइनल प्रतियोगिताका लागि छनोट भए । ब्वाइज/गल्र्स दुवैमा पहिलो र दोस्रो हुने टोली छनोट हुने प्रावधान छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच