टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । मलेसियामा शुक्रबारदेखि सुरु भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितका लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा समेटियो ।

भुटानकी छिरिङ जाङ्मोले २८ बलमा सर्वाधिक १६ रन बनाउनुभयो । नेपालकी स्पिनर संगीता राईले २.५ ओभरमा ६ रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै कविता कुँवरले ३ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिनुभयो । त्यसबाहेक सीता रानामगरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट तथा इन्दु बर्मा र अश्मिना कर्माचार्यले १-१ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपाली काजल श्रेष्ठले २६ बलमा १ चौकासहित सर्वाधिक २० रन बनाउनुभयो । काजल श्रेष्ठ र इन्दु बर्माले ३२ रन गर्नुभएपछि नेपालले उक्त स्कोर बनाएको हो । इन्दु २६ बलमा १ चौकासहित २० रनमा आउट हुनुभयो ।

पाँचौं विकेटका लागि कप्तान रुविना क्षेत्री बेलबासे र काजोलले ३२ रनको साझेदारी गर्दै इनिङ उकास्नुभएको थियो । रुविना २२ बलमा १ चौकासहित २१ रनमा आउट हुनुभयो । ओपनर विन्दु रावल एक रनमै आउट हुनुभयो । दोस्रो ओभरको दोस्रो बलमा उहाँ सोनम पल्डनको बलमा एलबीडब्लुमा आउट हुनुभएको थियो ।

सीता रानामगरलाई ४ रनमा क्याच आउट हुनुभयो । १५ बल खेल्नुभएकी उहाँले कुनै बाउन्ड्री हिर्काउन सक्नुभएन् । त्यसबाहेक नेपालका ममता चौधरी ३ र डली भट्ट ५ रनमा आउट हुनुभयो । भुटानकी सोनम पाल्डनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिनुभयो । यस्तै अञ्जु गुरुङले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिनुभयो । यस्तै टाँसी चेकीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिनुभयो ।

समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्नेछ ।

क्यानडा भ्रमण
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले क्यानडा भ्रमण गर्ने भएको छ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्याण्ड भ्रमणअघि नेपालले क्यानडा भ्रमण गर्ने भएको हो । नेपालले क्यानडासँग दुई टी-२० अन्तर्राष्ट्रिय र दुई एकदिवसिय अभ्यास खेल खेल्ने तालिका तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानको तालिका अनुसार नेपाल असार १२ मा क्यानडा भ्रमणमा निस्किनछ । त्यसको एकदिनपछि नेपालले क्यानडासँग असार १४ (जुन २८) माक्यानडासँग पहिलो खेल खेल्नेछ । नेपालले क्यानडासँगको सिरिजपछि स्कटल्याण्ड भ्रमणमा निस्कनेछ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड, नेपाल र नामिबिया हुनेछन् ।

क्यानडासँगको दुई टी-२० आई सिरिज नेपाललाई वरियता बढाउन निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ । २०२४ मा वेस्टइण्डिज र अमेरिमा हुने टी-२० विश्वकपमा दुई टोली वरियताको आधारमा पुग्नेछन् । नेपाल वर्तमान अवस्थामा १३औं स्थानमा छ । सोझैं छनोट हुन ११ वा औं स्थान भित्र हुनुपर्ने हुन्छ ।

नेपाल बिहीबार अमेरिका भ्रमणमा भने कमजोर प्रदर्शनका साथ फर्किएको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपाल दुई खेलमा पराजित, एक खेलमा जित र एक खेल टाई भयो । नेपाल १६ खेलमा सातमा जित र आठमा हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?