जाहीरसँगको सम्बन्धमा सोनाक्षी

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जाहीर इकवालसँगको सम्बन्धले बलिउडमा चर्चा पाइरहेको छ । सोनाक्षीको जन्मदिनमा हालै जाहीरले ‘आई लभ यु’ लेख्दै एक भिडियो पोस्ट गर्नुभएको थियो । यस पोस्टमार्फत जाहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्ध अफिसियल गर्नुभएको छ । सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै यो सम्बन्धको पुष्टि गर्नुभएको छ ।

दुवैले एकअर्कालाई लामो समयदेखि चिनेका थिए । जाहीर इकवाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिनुभएको थियो । केही समयअघि सोनाक्षीले आफ्नो ब्युटी ब्रान्ड लन्च गर्नुभएको थियो, जसका लागि अभिनेत्रीले फोटोसुटमा हिराको औंठी लगाउनुभएको थियो । त्यसयता फ्यानहरूले दुवैको इन्गेजमेन्टको अनुमान गर्न थालेका थिए । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?