काठमाडौं । समाजको यथार्थमाथि प्रहार गरिएको अर्काे सशक्त गीत ‘रुँदा रुँदै’ सार्वजनिक गरिएको छ । गायक भक्त प्रधानको स्वरमा सार्वजनिक भएको गीतले एकल महिलाको आवाज बेजोडरूपमा उठाएको छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरवीर पण्डित, रश्मी भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौलालगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पीडा देखाएको छ ।
महिला तथा एकल महिलाको आवाज उठाउने एनजिओ र आइएनजिओ शहर केन्द्रित भएका कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पीडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुनुहुन्छ ।
एकल महिलाले पनि इच्छाअनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियोमार्फत् आफूले दिन खोजेको निर्देशक कोइरालाले बताउनुभयो ।
‘महिलाको विषयमा काम गर्ने विभिन संघसंस्था छन् । ती सबै शहर केन्द्रित बढी देखिन्छ,’ निर्देशक कोइरालाले भन्नुभयो, ‘एकल महिलाको विषयमा काम गर्ने संस्था पनि दुर्गम पुग्न सकेका छैनन् ।’ भिडियोले महिलाको विषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पु¥याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।
भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने प्रश्नसमेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्ज राजु कार्कीले गर्नुभएको हो ।
दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो । ०००
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको