काठमाडौं । लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराब भए’ सार्वजनिक गरिएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोर्नुभएको हो ।
महाराज थापाको संगीत संयोजन रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो । गीतको आकर्षक भिडियोसमेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ ।
निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नी प्रेमिकालाई फकाउन प्रेमकथा बुनिएको छ । थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्यसहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन कविराज गहतराजले गर्नुभएको हो । ०००
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन