चिनीको मूल्यबारे उद्योगीसँग स्पष्टीकरण

Read Time = 3 mins

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी, व्यापारीलाई चिनीको अस्वाभाविक मूल्यवृद्धिको कारण सोधेको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै मूल्य आकाशिएपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई स्पष्टीकरण सोधेको हो । उद्योगीहरूले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण उत्पादनसँगै ढुवानी लागत बढ्दा चिनीको मूल्यवृद्धि भएको दाबी गरेका छन् ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्रतिकेजी २० रुपैयाँसम्म चिनीको मूल्य बढेको छ । विभागले गरेको बजार अनुगमका क्रममा केजीमै १५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको पाइएको थियो । विभागका महानिर्देशक लिलाप्रसाद शर्माले भारतले निर्यातमा रोक लगाएपछि नेपाली बजारमा चिनीको मूल्य उच्च भएको गुनासोपछि चिनी उत्पादकसँग छलफल गरिएको बताउनुभएको छ ।

चिनी उद्योगीले फ्याक्ट्रीबाटै प्रतिकेजी ९३.८३ रुपैयाँमा बिक्री हुने गरेको भए पनि ढुवानी तथा खुद्रा व्यवसायीले नाफा राख्दा चिनीको मूल्य बढेको जिकिर गरेका छन् । मूल्यवृद्धिबारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रायलसँग सहकार्य गरेर अध्ययन गरिने शर्माले बताउनुभएको छ । चिनी उत्पादक संघको तथ्यांकअनुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकोमा आधा स्वदेशी उत्पादन रहेको छ । स्वदेशी उद्योगले वार्षिक एक लाख ३० हजार मेट्रिकटन चिनी उत्पादन गर्दै आएका छन् ।

चालु आर्थिक वर्षमा नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन उत्पादन गरेका छन् भने चालु आर्थिक वर्षको १० महिनामा विभिन्न देशबाट चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?