इन्टरनेट सेवाका लागि विश्व बैंकले १७ अर्ब दिने

Read Time = 2 mins

काठमाडौं । विश्व बैंकले ब्रोन्डब्यान्ड इन्टरनेट पहुँच विस्तारका लागि नेपाललाई १७ अर्ब ३६ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले नेपालमा ब्रोडब्यान्ड सेवाको पहुँच विस्तारका लागि एक सय ४० मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरेको हो ।

डिजिटल नेपाल एक्स्सेलेरेसन (डिएनए) परियोजनाका लागि उक्त सहयोग रकम स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्र प्रवद्र्धन गर्ने नेपालको लक्ष्यलाई समर्थन गर्दै विश्व बैंकले व्यवसायलाई सूचना, सेवा र बजारमा जोड्ने विश्वाससहित सहयोग स्वीकृत गरेको बताउनुभएको छ ।

परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क २०१९ मा सरकारले घोषणा गरेको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने बताइएको इन्टरनेट प्रयोगमार्फत डिजिटल सीप र उद्यमशीलता विकास, महिला, अपांग, जातीय र सामाजिक अल्पसंख्यक व्यक्तिलाई डिजिटल सेवामा पहुँच बढाउनुका साथै परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब एक हजार पाँच सय व्यक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने विश्व बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?