मन्त्री आलेविरुद्धको भत्र्सनापत्र प्रधानमन्त्रीलाई

Read Time = 4 mins

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मन्त्री आलेले असार १ गतेको संसद् बैठकमा ‘प्रेसराइज्ड’ को हकमा वायुयानको अवधि १० वर्ष र ‘नन-प्रेसराइज्ड’ को हकमा १५ वर्षभन्दा पुराना जहाज भित्र्याउन कानुनी बन्देज लगाउने अभिव्यक्ति दिएको भन्दै संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘भत्र्सनापत्र’ बुझाएको छ । पत्रमा भनिएको छ, ‘यस्तो उच्च प्राविधिक तथा संवेदनशील विषयमा व्यवसायी, हवाई विज्ञ तथा अन्य हवाई सेवासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जानकार व्यक्ति तथा संघ/संस्थासँग सल्लाह सुझाव नै नलिई एकतर्फीरूपमा स्वेच्छाचारी, अव्यावहारिक, तर्कहीन अभिव्यक्ति गरेको देखिन्छ । एयरलाइन्स व्यवसाय उच्च प्राविधिक तथा अति नै संवदेनशील हुने हुँदा प्राविधिक विज्ञसँग कुनै अन्तरक्रिया तथा संवाद नै नगरी एकतर्फीरूपमा आएको अभिव्यक्तिप्रति संघ घोर भत्र्सना गर्दछ ।’

संघले प्रेसराइज्डको हकमा १५ वर्ष र नन-प्रेसराइज्डको हकमा २० वर्ष पुरानो जहाज भित्र्याउन सकिने प्रावधान रहेको उल्लेख गर्दै जहाजको हरेक पार्टपूर्जाको निश्चित अवधि हुने भएकाले त्यो अवधि पूरा भएपछि नयाँ पार्टपूर्जा स्वतः फेरिनुपर्ने बताएको छ । नेपालका सबै वायुसेवा कम्पनीले जहाज मर्मतसम्भारमा अन्तर्राष्ट्रिय प्रावधान, विमान निर्माता कम्पनीको सशर्त रेगुलेसन र नेपाल नागरिक उड्डयान प्राधिकरणले तोकेको मापदण्डअनुसार नै सबै कार्य गरिरहेको संघको दाबी छ । प्रतिवेदनहरूले जहाज दुर्घटनामा जहाजको उमेरको कुनै सम्बन्ध रहेको नदिएको पनि संघको दाबी छ ।

नेपाल एयरलाइन्सका अध्यक्षमाथि हातपात
पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुभएको छ । मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न आफूले पठाएका व्यक्तिलाई जागिर दिन दबाब दिएकोमा अध्यक्ष अधिकारीले ढिलासुस्ती गरेपछि पर्यटनमन्त्री आलेले आफ्नै कार्यकक्षमा बोलाएर दुव्र्यवहारका साथै हातपातसमेत गरेको अडियो सार्वजनिक भएको छ ।

अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेका कारण केही ढिला हुन गएको भन्दै मन्त्रीलाई आश्वस्त पार्न खोजे पनि मन्त्री आले गुण्डागर्दीको शैलीमा प्रस्तुत भएको अडियोमा सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?